images

२०८३ आश्विन १९ गते

images
images
images

पोखरा महानगरले थाल्यो राहत सङ्कलन अभियान

पोखरा महानगरले थाल्यो राहत सङ्कलन अभियान

images
images
आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • गण्डकी, १४ भदौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि पोखरा महानगरपालिकाले राहत सहयोग अभियान सञ्चालन गर्ने भएको छ ।

    images
    images

    बाढी प्रभावितहरूका लागि आवश्यक लत्ताकपडा, खाद्यान्न, बन्दोबस्तीका सामग्री, औषधि लगायत सामग्री सङ्कलनका लागि राहत अभियान सञ्चालन गर्न लागिएको हो । एकद्वार प्रणालीमार्फत राहत सङ्कलन तथा वितरण गरिने महानगरले जनाएको छ ।

    नगरप्रमुख धनराज आचार्यका अनुसार आजदेखि पोखरा प्रदर्शनी केन्द्रमा राहत सामग्री सङ्कलन कक्ष सञ्चालन गरिनेछ । इच्छुक सङ्घसंस्था र व्यक्तिलाई उक्त केन्द्रमा ल्याई राहत सामग्री सहयोग गर्न महानगरले सार्वजनिक रूपमा आह्वानसमेत गरेको छ ।

    images
    images

    सङ्कलित राहत सामग्री सम्बन्धित निकायसँगको समन्वयमा आवश्यकता अनुसार बाढी प्रभावित क्षेत्रमा एकद्वार प्रणालीमार्फत पारदर्शी रूपमा वितरण गरिने बताइएको छ । महानगरले यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु ४५ लाख सहयोग गरेको थियो । अत्यावश्यक राहत सामग्री सहित स्वास्थ्यकर्मी र नगर प्रहरीको सहायता टोली बाढी प्रभावित क्षेत्रमा पठाएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend