images

२०८३ आश्विन १५ गते

images
images
images

बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीद्धारा २५ लाख सहयोग

बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीद्धारा २५ लाख सहयोग

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा भदौ १० गने आएको बाढीबाट प्रभावित नागरिकहरुको रात, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउने उद्धेश्यले २५ लाख आर्थिक सहयोग प्रदान गरेको हो ।बैंकको सञ्चालक समितिको निर्णयअनुसार बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १० लाख तथा बैंकमा कार्यरत कर्मचारीहरुको एक दिनको तलब बापत १५ लाख गरी कुल रु.२५ लाख सहयोग गर्ने निर्णय गरिएको छ । उक्त सहयोग रकम प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ । उक्त सहयोगले प्राकृतिक विपद्का कारण प्रभावित परिवार तथा समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न तथा राहत र उद्धार कार्यमा थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विपद् प्रभावित समुदाय, मानविय सहायता तथा सामाजिक हितका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।

    images
    images

    बैंकले बाढी तथा प्राकृतिक विपद्का कारण ज्यान गुमाउनुहुने सम्पुर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण, शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । प्रभावित सम्पुर्ण नागरिकको सुरक्षित र सहज जीवनयापनका लागि शुभेच्छा समेत प्रकट गरेको छ । बैंकले विपदको समयमा उद्धार, राहत तथा व्यवस्थापन कार्य सक्रिय रुपमा खटिनुभएका सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी निकाय, स्थानिय तह, स्वयंसेवक तथा सम्पुर्ण सहयोगी हातहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ । प्राकृतिक विपद्को यस कठिन घडीमा सबै पक्षको समन्वय, सहकार्य र मानविय सहयोगवाट प्रभावित समुदायलाई राहत तथा पुनःस्थापनामा टेवा पुग्ने भएकोले सम्पुर्ण सरोकारवालाहरुलाई सहयोगको लागि जुट्न समेत आव्हान गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend