images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • नुवाकोटका सूचना प्रविधि अधिकृतविरुद्ध १ लाख...

नुवाकोटका सूचना प्रविधि अधिकृतविरुद्ध १ लाख घुसको भ्रष्टाचार मुद्दा

नुवाकोटका सूचना प्रविधि अधिकृतविरुद्ध १ लाख घुसको भ्रष्टाचार मुद्दा

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नुवाकोट, म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।सोलार स्ट्रिट लाइट खरिद तथा जडान गर्ने कार्यमा सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अभियोगमा आयोगले बिहीबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।आर्थिक वर्ष २०८२/८३ को सोलार जडान योजनाको भुक्तानी रकममा कमिसन मागेर अधिकृत तामाङले सेवाग्राहीलाई पटक–पटक दुःख दिएको उजुरी आयोगमा परेको थियो। सोही सूचनाका आधारमा टङ्गालबाट खटिएको अख्तियारको टोलीले उनलाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको थियो।

    images
    images

    अनुसन्धानका क्रममा अधिकृत तामाङले आफ्नो पद र ओहदाको दुरुपयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको कसुर गरेको देखिएको भएको आयोगले दाबी गरेको  छ।अख्तियारले तामाङसँग एक लाख रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको मागदाबी गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend