images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • युनाइटेड अजोड इन्स्योरेन्सको १ लाख बढी...

युनाइटेड अजोड इन्स्योरेन्सको १ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

युनाइटेड अजोड इन्स्योरेन्सको १ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले १ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले १ लाख १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।उक्त सेयर कम्पनीकै विद्यमा संस्थापक सेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरि बिक्रीमा राखिएको छ । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयर धनीले सूचना प्रकाशीत भएको मितिले ३५ दिन भित्र आवेदन दिनु पर्ने छ । कम्पनीका केही संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न निवेदन दिएपछि सेयर बिक्रीमा राखिएको जनाएको छ । बिक्रीमा राखिएकोसेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ ।

    images
    images

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आफूले कति कित्ता सेयर कति रकममा खरिद गर्न चाहेको हो भन्ने विवरण खुलाएर आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ । आवेदन बिक्री प्रबन्धक रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौंमा पेश गर्नुपर्नेछ ।निर्धारित ३५ दिनभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि आवेदन नपरेमा वा सबै सेयर बिक्री नभएमा बाँकी सेयर अन्य योग्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend