images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका...

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा ‘कारण देखाऊ’ आदेश

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा ‘कारण देखाऊ’ आदेश

images
images
सोमवार, भाद्र ८ २०८३
सोमवार, भाद्र ८ २०८३
  • काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले प्रसाईंको बन्दीप्रत्यीकरण रिटमा कारण माग गर्दै विपक्षीका नाममा सो आदेश दिएको हो ।प्रसाईंकी श्रीमती उमा प्रसाईंले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले प्रसाईंलाई किन जारी हुनु नपर्ने हो ? भन्दै आधार र कारण खुलाएर बाटोको म्याद बाहेक २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ । यस्तो जवाफ महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्न भनिएको छ।

    images
    images

    यसका साथै, अदालतले गत भदौ ४ गते प्रसाईंको घर खानतलासी गर्दा बरामद गरिएका भनिएका सामानहरू समेत आगामी पेसीका दिन अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी परिसर भक्तपुरलाई निर्देशन दिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend