images

२०८३ आश्विन १५ गते

images
images
images
  • बैंक वित्त
  • मुक्तिनाथ विकास बैंकको चाडपर्व लक्षित कृषि...

मुक्तिनाथ विकास बैंकको चाडपर्व लक्षित कृषि तथा एसएमई कर्जा योजना, ०.५०% प्रिमियममै ऋण

मुक्तिनाथ विकास बैंकको चाडपर्व लक्षित कृषि तथा एसएमई कर्जा योजना, ०.५०% प्रिमियममै ऋण

images
images
शुक्रवार, भाद्र ५ २०८३
शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौँ। मुक्तिनाथ विकास बैंक लिमिटेडले तीज, दशैँ, तिहार तथा छठ पर्वलगायतका चाडपर्वको अवसर पारेर आफ्ना ग्राहकहरूका लागि विशेष कृषि तथा एसएमई (SME) कर्जा योजना सार्वजनिक गरेको छ।चाडपर्वको उत्साहसँगै आर्थिक गतिविधि चलायमान बनाउन र व्यवसाय विस्तारलाई थप प्रोत्साहन गर्ने उद्देश्यले बैंकले यो सुविधा ल्याएको जनाएको छ।यस विशेष योजनाअन्तर्गत ग्राहकहरूले बैंकको आधार दर (Base Rate) मा न्यूनतम ०.५० प्रतिशत मात्र प्रिमियम थप गरी कृषि तथा साना-मझौला व्यवसाय कर्जा प्राप्त गर्न सक्नेछन्।

    images
    images

    यसका साथै कर्जा प्रवाह गर्दा लाग्ने प्रशासनिक शुल्क (Loan Administrative Charge) मा समेत २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। यो अफर निश्चित अवधिका लागि मात्र लागू हुने बैंकले स्पष्ट पारेको छ।कृषि तथा व्यवसाय विस्तार, उद्यम सञ्चालन र कार्यशील पुँजीका लागि आवश्यक कर्जा लिन चाहने ग्राहकहरूले यसबाट लाभ लिन सक्नेछन्। साथै, अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा स्वाप (SWAP) गर्न चाहनेहरूका लागि पनि यो सुविधा उपलब्ध छ।यो कर्जा सुविधा बैंकका देशभर रहेका १७६ वटै शाखा कार्यालयहरूबाट प्राप्त गर्न सकिने बैंकका प्रमुख सूचना अधिकारी दिल बहादुर गुरुङले जानकारी दिएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend