images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावितलाई क्षतिपूर्ति...

रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावितलाई क्षतिपूर्ति वितरण

रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावितलाई क्षतिपूर्ति वितरण

images
images
बिहिवार, भाद्र ४ २०८३
बिहिवार, भाद्र ४ २०८३
  • गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावित घरधनीहरूले क्षतिपूर्तिबापतको रकम प्राप्त गरेका छन्।मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले सडक विस्तारका क्रममा प्रभावित क्षेत्रका घरधनीलाई रु १० करोड ३६ लाख ७१ हजार ४५९ क्षतिपूर्तिबापतको रकम उपलब्ध गराएको छ।

    images
    images

    मुआब्जा तथा क्षतिपूर्ति निर्धारण समितिको मूल्याङ्कनका आधारमा उक्त रकम सम्बन्धित घरधनीहरूको बैंक खातामा उपलब्ध गराएको मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका इन्जिनियर एवं सूचना अधिकारी प्रभात तिवारीले जानकारी दिए।मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–भेँडुवा सडकखण्डका १३८ जना र रिडी–खर्ज्याङ सडकखण्डका ४६ जना घरधनीलाई क्षतिपूर्ति उपलब्ध गराइएको हो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend