images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • लागूऔषध कारोबारविरुद्ध प्रहरीको कारबाही, विभिन्न जिल्लाबाट...

लागूऔषध कारोबारविरुद्ध प्रहरीको कारबाही, विभिन्न जिल्लाबाट पक्राउ

लागूऔषध कारोबारविरुद्ध प्रहरीको कारबाही, विभिन्न जिल्लाबाट पक्राउ

images
images
बिहिवार, भाद्र ४ २०८३
बिहिवार, भाद्र ४ २०८३
  • काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका-७ मनमैजुबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने झापा घर भएका ३६ वर्षीय उमेश मुखियालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  त्यस्तै मोरङकाे पथरी शनिश्चरे नगरपालिका-१० संगम टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय घनश्याम बस्नेतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

    images
    images

    झापाकाे  हल्दीबारी गाउँपालिका-२ कदम चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५५ मिलिग्राम सहित भद्रपुर नगरपालिका-७ बस्ने २३ वर्षीय सुबास राजवंशीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हल्दीबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरीकाे इटहरी उपमहानगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ४१ ट्याब्लेट, डाइक्लोमाइन १ हजार २ सय ३० ट्याब्लेट र नगद ५३ हजार २ सय १० रुपैयाँ सहित सोही उपमहानगरपालिका-५ जनताबस्ती बस्ने मोरङ घर भएका २६ वर्षीय निकेश माझी समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको को.३६ प ५५४७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

    यता दाङकाे तुलसीपुर उपमहानगरपालिका-९ सल्लेवनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय प्रेम बहादुर डाँगी र सोही उपमहानगरपालिका-८ बस्ने २९ वर्षीय बिर बहादुर चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी दाङकै लमही नगरपालिका-५ सुनखोली गाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित गढवा गाउँपालिका-६ गढवा बस्ने भारत घर भएका २३ वर्षीय नसिव अहमदलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कपिलवस्तुकाे कृष्णनगर नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम र नगद ६ हजार रुपैयाँ सहित शिवराज नगरपालिका-९ बानियाभार बस्ने २२ वर्षीय अर्जुन सुनार समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बहादुरगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

    images
    images

    भक्तपुरकाे सूर्यबिनायक नगरपालिका-६ पाण्डुबजार हाइटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ९० ट्याब्लेट सहित सोही ठाउँ बस्ने धादिङ धुनीबेशी नगरपालिका-२ घर भएका २९ वर्षीय सुरज लुइटेललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।सुनसरीकाे धरान उपमहानगरपालिका-१६ स्वामीचोक बस्ने २१ वर्षीय विदुर कार्कीलाई नियन्त्रित लागूऔषध स्पास्पेन ४ सय २८ ट्याब्लेट र ट्रामाडोल ५ सय ४८ ट्याब्लेट सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend