images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • जाजरकोट पहिरो प्रभावितका लागि निःशुल्क स्वास्थ्य...

जाजरकोट पहिरो प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

जाजरकोट पहिरो प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

images
images
सोमवार, भाद्र १ २०८३
सोमवार, भाद्र १ २०८३
  • सुर्खेत। जाजरकोटका पहिरो प्रभावित नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शनिबार बेलुका भेरी नगरपालिका–२, मा पहिरोले झन्डै ३०० नागरिक प्रभावित भएका थिए। उनीहरूलाई रिसाङस्थित त्रिभुवन आधारभूत विद्यालयको प्राङ्गणमा राखिएको छ।सोमबार जिल्ला प्रहरी कार्यालय जाजरकोटको आयोजना, कर्णाली प्रदेश प्रहरी अस्पतालकाे समन्वयमा बाढी तथा पहिरो प्रभावित स्थानीयवासीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

    images
    images

    कर्णाली प्रदेश प्रहरी अस्पताल, सुर्खेतबाट प्राविधिक प्रहरी नायब उपरीक्षक अमित कुमार ठाकुरको कमाण्डमा ६ जना स्वास्थ्यकर्मी तथा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्र.नि. राजेश शाहीको कमाण्डमा ७ जना प्रहरी कर्मचारीको टोली खटिएको छ।उक्त स्वास्थ्य शिविरमा ८५ जना पहिरो प्रभावित स्थानीयवासीको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधीसमेत निःशुल्क वितरण गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend