images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • लक्ष्मी सनराइज बैंकको नाफामा भारी गिरावट,...

लक्ष्मी सनराइज बैंकको नाफामा भारी गिरावट, लाभांश क्षमता ६.७९ प्रतिशतमा सीमित

लक्ष्मी सनराइज बैंकको नाफामा भारी गिरावट, लाभांश क्षमता ६.७९ प्रतिशतमा सीमित

images
images
आइतवार, श्रावण ३१ २०८३
आइतवार, श्रावण ३१ २०८३
  • काठमाडौँ । लक्ष्मी सनराइज बैंकको नाफामा भारी गिरावट देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा भारी गिरावट देखिएको हो । बैंकले गत आवमा ३ अर्ब ११ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २३.२६ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ४ अर्ब ६ करोड २० लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको नाफा घट्नुको प्रमुख कारण कर्जा लगानी देखिएको समस्याका कारण समग्र बैंकिङ क्षेत्रमा देखिएको मन्दी र निष्क्रिय कर्जाको व्यवस्थापनमा बैंकले भोगको समस्या देखिएको छ । बैंकको निष्क्रिष कर्जा बढ्दा सम्भावित जोखिम व्यवस्थापनका लागि छुट्याएको ‘इम्पेयरिमेन्ट चार्ज’ मा भएको वृद्धि छ । अर्थतन्त्रमा देखिएको मन्दीका कारण कर्जा लगानीबाट उठ्नु पर्ने सावाँ–ब्याजको किस्ता भुक्तानी गर्न नसक्दा बैंकको खराब कर्जा ४.३५ प्रतिशतबाट बढेर ५.२३ प्रतिशत पुगेको छ ।

    images
    images

    गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ६.७८ प्रतिशत बढेर ११ अर्ब ५८ करोड ८५ लाख १५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब ८५ करोड १९ लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब ४५ करोड ९६ लाख ८८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५ अर्ब ६६ करोड ६४ लाख १५ हजार रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ७० करोड ८६ लाख २ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब १८ करोड ८६ लाख ९३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १४ अर्ब १६ करोड १ लाख ९३ हजार रुपैयाँ र सञ्चालन नाफा ६ अर्ब ३ करोड ४ लाख २३ हजार रुपैयाँ रहेको छ ।

    नियामकीय समायोजनपछि बैंकले गत आवमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ८१ करोड ८९ लाख ४७ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता ६.७९ प्रतिशत रहेको छ । नाफा घट्दा बैंकको लाभांश वितरण गर्ने क्षमतामा भने उल्लेख्य गिरावट आएको छ । अघिल्लो वर्ष यस्तो क्षमता १२.१८ प्रतिशत थियो ।२६ अर्ब ७८ करोड ११ लाख ६३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १८ अर्ब ८० करोड ८० लाख ६८ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष १६.६८ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष घटेर ११.६४ रुपैयाँमा सीमित भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७७.०२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १८.४८ गुणा छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend