काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना सम्पूर्ण खातावाला ग्राहकहरूलाई आगामी असोज मसान्तभित्र राष्ट्रिय परिचयपत्र भए/नभएको विवरण स्वघोषणा गरी अद्यावधिक गर्न आग्रह गरेको छ। ग्राहकहरूले बैंकको शाखामा जानु नपर्ने गरी घरबाटै सहज रूपमा यो प्रक्रिया पूरा गर्न सक्ने व्यवस्था मिलाइएको छ।यसका लागि ग्राहकले बैंकको मोबाइल बैंकिङ एप (मोबैंक) वा आधिकारिक वेबसाइटमा उपलब्ध 'iServe' सेवामार्फत सजिलै आफ्नो राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक वा स्वघोषणा गर्न सक्नेछन्।
मोबैंकको लागि एपमा गई बैंकिङ सर्भिस अन्तर्गत अपडेट एनआईडी मार्फत र यस बैंकको वेबसाइटमा https://iserve.nicasiabank.com/customer-services/nid-update बाट सजिलै राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वघोषणा वा अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार, विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइनमार्फत राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजातको आधारमा खाता खोल्न सक्नुहुने र यसरी खोलिने खाताका सम्बन्धित खातावालाहरु नेपाल फर्किएको ३५ दिनभित्र राष्ट्रिय परिचयपत्र विवरण अद्यावधिक गर्न समेत बैंकले अनुरोध गरेको छ । साथै, ग्राहकलेले आफूलाई पायक पर्ने यस बैंकको कुनै पनि शाखा कार्यालयमा गई आफ्नो राष्ट्रिय परिचयपत्रको विवरण स्वघोषणा वा अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशनमा भएको व्यवस्थाको अधिनमारही सम्बन्धित बैंक खातावालाले राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वघोषणा गरी अद्यावधिक समेत गर्नुपर्ने भएकोले यो अद्यावधिक गर्नुपर्ने भएको बैंकको भनाइ छ ।




.gif)





