images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • कोशीमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९५...

कोशीमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९५ हजारभन्दा बढी सवारी कारबाहीमा

कोशीमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९५ हजारभन्दा बढी सवारी कारबाहीमा

images
images
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • सुनसरी। आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने ९५ हजार ७७ सवारीसाधन ट्राफिक कारबाहीमा परेका छन्।कारबाहीमा परेकाबाट कूल रु ९ करोड ४१ लाख ७२ हजार ८२४ राजस्व जम्मा भएको छ। झापाबाट रु दुई करोड ३९ लाख ९६ हजार ५३८ मोरङबाट रु एक करोड ८५ लाख ८६ हजार ५७, सुनसरीबाट रु एक करोड २६ लाख १९ हजार, उदयपुरबाट रु ६२ लाख ७५ हजार र इलामबाट रु ४८ लाख छ हजार तीन जम्मा भएको हो।

    images
    images

    त्यसैगरी, धनकुटाबाट रु ६३ लाख आठ हजार एक, ओखलढुङ्गाबाट रु ३७ लाख २८ हजार २०३, पाँचथरबाट रु ३१ लाख ४९ हजार, खोटाङबाट रु २२ लाख ४८ हजार, भोजपुरबाट रु १५ लाख ५००, तेह्रथुमबाट रु १३ लाख ५७ हजार, सोलुखुम्बुबाट रु १४ लाख ७५ हजार, सङ्खुवासभाबाट रु १० लाख ४३ हजार र ताप्लेजुङबाट रु आठ लाख सात हजार ५०० राजस्व सङ्कलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले राससलाई जानकारी दिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend