images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • ३२ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्कता...

३२ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

३२ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

images
images
मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिन अनुसार देशका प्रमुख तथा मझौला नदीहरूमा बाढीको बहाव हाल सतर्कता तहभन्दा तलै छ। महाशाखाका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीका साथै यिनका सहायक नदीहरूमा जलसतह सामान्य अवस्थामा छ। यस्तै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि बाढीको कुनै ठुलो जोखिम देखिएको छैन।

    images
    images

    ठुला नदीहरूमा अवस्था सामान्य रहे पनि पहाडी तथा हिमाली भूभागका स-साना नदी र खोलाहरूमा भने आकस्मिक बाढीको खतरा औँल्याइएको छ। महाशाखाले सोमबार देशका ३२ जिल्ला भई बहने स-साना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ।पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवनका साना नदीमा जलसतह बढ्न सक्नेछ। यसैगरी गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बझाङ र डोटीका आसपास भई बहने खोलाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।

    मौसम पूर्वानुमानलाई दृष्टिगत गर्दै महाशाखाले आगामी दुई दिनसम्म पनि सतर्कता अपनाउन अनुरोध गरेको छ। बुधबार र बिहीबार खासगरी कोशी र गण्डकी प्रदेश भएर बहने केही स-साना नदीहरूमा बहाव अचानक बढ्न सक्ने सम्भावना छ। तसर्थ, जोखिम क्षेत्रका नदी र खोला किनारमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।

    images
    images
     

    769228691_1058352326568035_3481794785887320210_n

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend