images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • स्रोत नखुलेको २४ लाखभन्दा बढी नगदसहित...

स्रोत नखुलेको २४ लाखभन्दा बढी नगदसहित काठमाडौँबाट दुई जना पक्राउ

स्रोत नखुलेको २४ लाखभन्दा बढी नगदसहित काठमाडौँबाट दुई जना पक्राउ

images
images
सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • काठमाडौँ। स्रोत नखुलेको लाखौँ नगदसहित प्रहरीले काठमाडौँका छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ।काठमाडौँ महानगरपालिका–२६ बाट स्रोत नखुलेको १९ लाख ९४ हजार रुपियाँसहित स्याङ्जा वालिङ नगरपालिका–६ घर भई बानेश्वर बस्ने ४१ वर्षीय ईश्वर थापालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले केशरमहलतर्फ आउँदै गरेको बा.प्र ०२–०४२ प ५२०७ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक थापालाई उक्त नगदसहित फेला पारेर नियन्त्रणमा लिएको थियो।

    images
    images

    यसैगरी काठमाडौँ महानगरपालिका–२८ स्थित कमलादी गणेश मन्दिर नजिकबाट स्रोत नखुलेको ४ लाख ८ हजार रुपियाँसहित कपन बस्ने ४२ वर्षीय सुदर्शन खड्कालाई गए राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले उनलाई उक्त नगदसहित नियन्त्रणमा लिएको हो। प्रहरीले उनले प्रयोग गरेको बागमती एएए ७७२० नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ।दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend