images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • भक्तपुरको होटलबाट रेड पाण्डाको छालासहित एक...

भक्तपुरको होटलबाट रेड पाण्डाको छालासहित एक जना पक्राउ

भक्तपुरको होटलबाट रेड पाण्डाको छालासहित एक जना पक्राउ

images
images
सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • भक्तपुर। भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित रेसुङ्गा थकाली एण्ड किचेन होटलबाट अवैध हाब्रे अर्थात् रेड पाण्डाको छालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा दैलेख ठाटीगाउँ गाउँपालिका–४ बस्ने २९ वर्षीय भुपेन्द्र बहादुर कठायत छन्। उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

    images
    images

    उक्त होटलमा रेड पाण्डाको छाला लुकाएर राखिएको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले होटलमा तलासी लिएको थियो। तलासीका क्रममा भुपेन्द्रलाई उक्त छालासहित फेला पारेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय भक्तपुरमा बुझाइएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend