images

२०८३ आश्विन १६ गते

images
images
images

बैतडीका १७८ जनाले घरमै पाए राहदानी

बैतडीका १७८ जनाले घरमै पाए राहदानी

images
images
शनिवार, श्रावण २३ २०८३
शनिवार, श्रावण २३ २०८३
  • बैतडी, २३ साउन । सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी पु¥याउने सेवा प्रभावकारी बन्दै गएको छ । 

    images
    images

    बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् । जिल्ला हुलाक कार्यालयका प्रमुख प्रकाशसिंह कार्कीका अनुसार कार्यालयले २४८ राहदानी वितरणको लक्ष्य लिएकामा १७८ जनालाई उनीहरुका घरमै सेवा प्रदान गरिएको छ । उनले भने, “बाँकी राहदानी पनि सम्बन्धित पालिकामार्फत सेवाग्राहीका घरमा पठाइसकेका छौँ ।”

    जिल्लाका सबै स्थानीय तहमा सेवा पुगेको छ । नौ वटा पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा प्रवाह गरिएको उनले बताए । दशरथचन्द नगरपालिकामा जिल्ला हुलाक कार्यालयले नै सेवाप्रवाह गरिरहेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend