images

२०८३ आश्विन १५ गते

images
images
images

कामना सेवा विकास बैंकले १५ प्रतिशत नगद लाभांश घोषणा गर्दै

कामना सेवा विकास बैंकले १५ प्रतिशत नगद लाभांश घोषणा गर्दै

images
images
शनिवार, श्रावण २३ २०८३
शनिवार, श्रावण २३ २०८३
  • काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२।८३ को सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    images
    images

    बैंकको सञ्चालक समितिले अग्राधिकार शेयरधनीलाई अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत र साधारण शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।

    उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको २०औँ वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्नेछन्।

    images
    images

    गत आर्थिक वर्षमा बैंकले बोनस शेयर तथा नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो।

    बैंकको केन्द्रीय कार्यालयमा २०८३ साउन २२ गते शुक्रबार दिउँसो ४ बजे बसेको सञ्चालक समितिको ४१९औँ बैठकले लाभांशसम्बन्धी प्रस्ताव पारित गरेको हो।

    बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले सञ्चालक समितिको बैठकले लाभांश वितरणको प्रस्ताव पारित गरेको जानकारी दिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend