images

२०८३ आश्विन २५ गते

images
images
images
  • समाचार
  • कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा...

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा १०५ कर्मचारीको दरबन्दी कायम

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा १०५ कर्मचारीको दरबन्दी कायम

images
images
बुधवार, श्रावण २० २०८३
बुधवार, श्रावण २० २०८३
  • काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आफ्नो नयाँ सङ्गठन संरचना र दरबन्दीमा १०५ कर्मचारी कायम गरेको विवरण सार्वजनिक गरेको छ ।मन्त्रालयको कार्यसम्पादनलाई चुस्त र प्रभावकारी बनाउन विभिन्न सेवा, समूह र श्रेणीका गरी कुल १०५ जना कर्मचारीको दरबन्दी सुनिश्चित गरिएको मन्त्रालयका सूचना अधिकारी (उपसचिव) भुमिश्वर खनालले जनाएका छन् । 

    images
    images

    स्वीकृत दरबन्दी अनुसार मन्त्रालयको प्रशासनिक नेतृत्वका लागि न्याय सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीका १ जना सचिव, नीतिगत र व्यवस्थापकीय तहमा राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) ६ जना र राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) का १६ जना कर्मचारीको दरबन्दी छ । यी सबै पदहरू न्याय र कानुन समूहका कर्मचारीबाट पूर्ति गरिनेछन् ।मन्त्रालयको दैनिक कार्यसम्पादन र शाखागत जिम्मेवारीका लागि राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) २५ जनाको दरबन्दी कायम गरिएको छ । जसमा न्याय–कानुन समूहका २३, प्रशासन–सामान्य प्रशासन समूहका १ र लेखा समूहका १ लेखा अधिकृतको दरबन्दी तोकिएको छ ।

    नायब सुब्बा तहका २३ कर्मचारीको दरबन्दी स्वीकृत भएको छ । जसमा न्याय समूहका १०, लेखा समूहका २, पुस्तकालय विज्ञानका १, इन्जिनियरिङ तर्फका १, कम्प्युटर अपरेटर ५, सामान्य प्रशासन समूहका ४ जना छन् । राजपत्राङ्कित अनङ्कित द्वितीय श्रेणी (खरिदार) तर्फ न्याय समूहका ७ जनाको दरबन्दी रहेको छ ।मन्त्रालयको प्राविधिक र कार्यालय व्यवस्थापन सहायताका लागि श्रेणीविहीन तहका ९ जना हलुका सवारी चालक र सामान्य प्रशासन समूहका १८ जना कार्यालय सहयोगी रहनेछन् ।

    images
    images

    597707867_2825528311149254_5147128558697070500_n

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend