images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आवेदन दिने...

लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

images
images
बुधवार, श्रावण २० २०८३
बुधवार, श्रावण २० २०८३
  • काठमाडौँ ।लक्ष्मी सनराइज बैंक लिमिटेडले साउन १४ गतेदेखि निष्काशन गरिरहेको १० वर्षे अवधि भएको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ मा आवेदन दिने आज अन्तिम दिन हो ।बैंकले प्रतिऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशतले हुन आउने १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने ४० प्रतिशतले हुन आउने १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा निष्काशन गरिएको हो ।

    images
    images

    सर्वसाधारणलाई निष्काशन गर्न लागिएको ऋणपत्रमध्ये ५ प्रतिशतले हुन आउने ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको छ । सर्वसाधारणले ऋणपत्रमा आवेदन दिंदा न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ता माग गर्न सक्नेछन् । निष्काशन बन्द आज साउन २० गते बेलुकी बैंकिङ्ग समयपश्चात हुनेछ ।ऋणपत्र निष्काशनका लागि गराइएको रेटिङमा केयर रेटिङ्गस् नेपालले बैंकलाई ‘केयरएनपी ट्रिपल बी प्लस इस्युअर’ रेटिङ दिएको छ । यसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम सुरक्षित रहेको संकेत गर्छ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend