images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • विभागद्वारा ४ हजार लिटर गुणस्तरहीन दूध...

विभागद्वारा ४ हजार लिटर गुणस्तरहीन दूध नष्ट

विभागद्वारा ४ हजार लिटर गुणस्तरहीन दूध नष्ट

images
images
सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरमा सञ्चालित एक डेरी उद्योगको ४ हजार लिटर गुणस्तरहीन दूध नष्ट गरेको छ। विभागमा प्राप्त उजुरीका आधारमा साउन १५ गते गरिएको अनुगमनका क्रममा भक्तपुर–८, लिवालीस्थित ‘जय शम्भु डेरी उद्योग प्रा.लि.’ मा कैफियत भेटिएपछि उक्त कारबाही गरिएको हो।विभागका अनुसार उक्त उद्योगबाट संकलन गरिएको दूधको नमुना प्रयोगशालामा परीक्षण गर्दा न्यूनस्तरको पाइएको थियो । दूधमा फ्याट २.४ प्रतिशत र एसएनएफ ७.८ प्रतिशत मात्र देखिएपछि मापदण्ड नपुगेको भन्दै ४ हजार लिटर दूध रोक्का गरी स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा.बालकुमारी शर्माले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    images
    images

    यसैगरी, विभागले सोही दिन कागेश्वरी मनोहरा–७ स्थित ‘ए वान पोलीमर एण्ड वेभेरेज प्रा.लि.’ मा पनि अनुगमन गरेको थियो। उक्त उद्योगमा भौतिक पूर्वाधार (टायल फुटेको) र बाह्य सरसफाइ व्यवस्थित नभएको पाइएकाले तत्काल सुधार गर्न निर्देशन दिइएको छ।त्यहाँबाट पनि थप अनुसन्धानका लागि नमुना संकलन गरी प्रयोगशाला पठाइएको विभागले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend