images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • एलपी ग्यास अभाव भए सिडिओ कार्यालयमा...

एलपी ग्यास अभाव भए सिडिओ कार्यालयमा सम्पर्क गर्न आग्रह

एलपी ग्यास अभाव भए सिडिओ कार्यालयमा सम्पर्क गर्न आग्रह

images
images
सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३
  • चितवन ।जिल्ला प्रशासन कार्यालय चितवनले खाना पकाउने एलपी ग्यास अभावमा परेका सर्वसाधारणलाई प्रमुख जिल्ला अधिकारीको कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।जिल्ला प्रशासन कार्यालय, ग्यास उद्योगी र डिलरबीच भएको छलफलपछि एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, छात्रावासमा बस्ने विद्यार्थी, आश्रम तथा अन्य अत्यावश्यक सेवामा रहेका व्यक्तिलाई डिलर तथा सब–डिलरमार्फत घरमै ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको हो।

    images
    images

    प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अशक्त, अपाङ्गता भएका तथा अन्य कारणले ग्यास लिन जान नसक्ने व्यक्तिले ग्यास नपाएको जानकारी प्रशासनलाई गराए घरमै ग्यास पुर्‍याउने व्यवस्था मिलाइएको बताए।त्यस्तै, अन्य सर्वसाधारणले पनि ग्यास अभाव भए प्रशासनले उपलब्ध गराएको टोल–फ्री नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ।चितवनमा हाल बाबा, साइबाबा र नेपाल ग्यास उद्योगले सेवा दिइरहेका छन् भने गैँडाकोटस्थित जानकी ग्यासको बजार क्षेत्र पनि चितवन रहेको छ। चारै उद्योगका सञ्चालकले अहिले ग्यासको आपूर्ति पहिलेको तुलनामा सहज भएकाले बजारमा अभाव नहुने बताएका छन्।बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले पर्याप्त मात्रामा ग्यास आपूर्ति भइरहेको जानकारी दिँदै उपभोक्ताले अनावश्यक रूपमा ग्यास सञ्चित नगर्न आग्रह गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend