images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • काठमाडौँ उपत्यकासहित २५ भन्दा बढी जिल्लामा...

काठमाडौँ उपत्यकासहित २५ भन्दा बढी जिल्लामा बाढीको जोखिम

काठमाडौँ उपत्यकासहित २५ भन्दा बढी जिल्लामा बाढीको जोखिम

images
images
सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लाका साना नदीहरूमा बाढीको जोखिम रहेको जनाएको छ। महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार आज काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक भई बहने साना नदीहरूमा जलसतह उल्लेख्य बढ्नेछ। यी जिल्लाका नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।

    images
    images

     ताप्लेजुङ, झापा, धनकुटा, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ र मकवानपुरका साना नदीहरूमा पनि बाढीको मध्यम जोखिम छ। गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिम आसपासका साना नदीहरूमा पनि जलसतह बढेर आकस्मिक बाढी आउने मध्यम सम्भावना रहेको छ।महाशाखाका अनुसार आज बिहानको मापनमा भने देशका प्रमुख ठूला नदीहरूको बहाव सामान्य छ। कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै छ। कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि हाल बाढीको खतरा छैन।भोलि भने देशका सातै प्रदेश भई बहने केही साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान महाशाखाले गरेको छ।

     

    762846950_122228773748355476_3445258354288550006_n763263008_122228773808355476_8895421574484394785_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend