images

२०८३ आश्विन १६ गते

images
images
images
  • स्वास्थ्य
  • मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे...

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल

images
images
शनिवार, श्रावण १६ २०८३
शनिवार, श्रावण १६ २०८३
  • भद्रपुर (झापा), १६ साउन । प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालन गर्ने विषयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग  छलफल गरेको बताए । 

    images
    images

    सांसद रानामगरका अनुसार मन्त्रीद्वयसँग हालै मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालन, अस्पतालको पुरानो भवन मर्मत तथा स्तरोन्नति, दाह उपचार (बर्न) विभाग स्थापना, सेवा प्रवाहलाई थप प्रभावकारी र गुणस्तरीय बनाउने तथा आवश्यक स्वास्थ्य पूर्वाधार विस्तारबारे विचारविमर्श भएको हो ।

    छलफलमा झापा क्षेत्र नं २ अन्तर्गतका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा अन्य स्वास्थ्य संस्थाको पूर्वाधार विकास, सेवा विस्तार र गुणस्तर सुधारका लागि सङ्घीय सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबीच आवश्यक समन्वय र सहकार्यलाई प्रभावकारी बनाउनेबारेमा पनि छलफल भएको उनले बताए।

    images
    images

    भद्रपुर नगरपालिका–८ मा स्थित २०० शय्याको मेची प्रादेशिक अस्पताल २०१५ सालमा स्थापना भएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend