images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • कोशी प्रदेश सरकारले देवानगञ्ज मृतकका परिवारलाई...

कोशी प्रदेश सरकारले देवानगञ्ज मृतकका परिवारलाई २ लाख दिने

कोशी प्रदेश सरकारले देवानगञ्ज मृतकका परिवारलाई २ लाख दिने

images
images
बुधवार, श्रावण १३ २०८३
बुधवार, श्रावण १३ २०८३
  • काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पहलमा विराटनगरमा बसेको सर्वदलीय बैठकले सामाजिक सद्‌भाव, शान्ति र सुरक्षा कायम गर्ने निर्णय गरेको छ ।बैठकले प्रदेश सरकारमार्फत मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ भने आगजनीबाट जलेका घर, पसल, कवल र घाइतेहरूको उपचार तथा राहतका लागि ५० हजारका दरले रकम सहयोग उपलब्ध गर्ने निर्णय गरेको छ । बैठकले देवानगञ्जमा भएको घटनामा मृत्यु भएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

    images
    images

    त्यस्तै सामाजिक सद्‌भाव र साम्प्रदायिक एकता कायम गर्न राजनीतिक, सामाजिक तथा प्रशासनिक पक्षले समन्वयात्मक पहल गर्ने, पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्‌भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको छ। सामुदायिक तहमा मेलमिलाप र सद्‌भाव कायम गर्न स्थानीय प्रशासनसँग समन्वय गरी सद्‌भाव यात्रा तथा सार्वजनिक अपिललगायतका कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको मुख्यमन्त्री कार्कीले बताएका छन्। बैठकले सबै धार्मिक समुदायका सङ्घ–संस्थाले संयुक्त अपिल जारी गर्दै समन्वय र सहजीकरणमा भूमिका खेल्नुपर्ने, सीमाक्षेत्रबाट हुन सक्ने अवाञ्छित गतिविधिप्रति सुरक्षा सतर्कता अपनाउने तथा घाइतेको उपचार र मृतकका परिवारलाई राहत उपलब्ध गराउन सङ्घीय सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend