images

२०८३ आश्विन १६ गते

images
images
images
  • स्वास्थ्य
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामा...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामा ६ सय ५५ जनाले पाए निःशुल्क प्रसूति सेवा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामा ६ सय ५५ जनाले पाए निःशुल्क प्रसूति सेवा

images
images
मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • काठमाडौँ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 'आमा सुरक्षा कार्यक्रम' निःशुल्क रूपमा सञ्चालनमा आएपछि प्रतिष्ठानको प्रसूति सेवा थप प्रभावकारी बनेको छ ।प्रतिष्ठानमा असार १ गतेदेखि ३२ गतेसम्मको एक महिनाको अवधिमा महिलाहरूले निःशुल्क प्रसूति सेवा प्राप्त गरेका हुन् । प्रतिष्ठानका प्रसूति रोग विशेषज्ञ प्राध्यापक डा. वसन्त लामिछानेको नेतृत्वमा अन्य विशेषज्ञ चिकित्सकहरूको सहभागितामा यो सेवा प्रदान हुँदै आएको छ । आमा सुरक्षा कार्यक्रमअन्तर्गत निःशुल्क रूपमा प्रसूति गराउन पाएपछि सेवाग्राही महिलाहरू खुसी भएका छन् ।प्रतिष्ठानका निर्देशक तथा सहप्राध्यापक डा. सुरेश रसाइलीले निःशुल्क सेवा सञ्चालन भएपछि अस्पतालमा बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको बताए । 

    images
    images

    प्रतिष्ठानका अनुसार असार महिनाभर ४ सय ६६ जनाले प्राकृतिक (नर्मल) र १ सय ८९ जनाले शल्यक्रियामार्फत गरी कुल ६ सय ५५ जनाले सुरक्षित रूपमा सुत्केरी सेवा पाएका छन् । प्रतिष्ठानले विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीमार्फत प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा निरन्तर प्रदान गर्दै आएको छ । जटिल प्रकृतिका बिरामीलाई समेत प्रभावकारी उपचार सेवा उपलब्ध गराउँदै आएको प्रतिष्ठानले जनाएको छ । त्यसैगरी असार महिनामा प्रसूति सेवातर्फ ३ हजार १ सय ७९ जना महिलाले ओपीडी सेवा लिएका छन् भने ५ सय ३७ जनालाई भर्ना गरेर उपचार गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend