काठमाडौं, १९ कार्तिक । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले बुटवल पठाउने तयारी थालेको बताइएको छ । गत कार्तिक २ गते देखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछाने माथि सुप्रिम सहकारीको बचत अपचलन अनुसन्धान गर्न बुटवल ल्याउन लागिएको हो ।
सूर्यदर्शन सहकारीको बचत अपचालन र संगठित अपरा कुसुरका आरोपित लामिछानेलाई कास्की प्रहरीले दुई पटक अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको छ। पछिल्लो पटक थप गरिएको म्याद गत कार्तिक १४ गते नै सकिएको छ। तिहार विदाका कारण अहिले उनी कास्की प्रहरी हिरासतमा नै छन् ।
भोलि (मंगलबार) लामिछानेलाई कास्की जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराउने कि बुटवल पठाउने भन्नेमा प्रहरी प्रशासन अलमलमा रहेको बताइएको छ । तराईका जिल्लाहरुको छठ पर्वको बेला रहेको र बढी भिडभाड हुने भएकाले सुरक्षा संवेदन शीलतालाई हेरेर प्रहरीले अझै निर्णय लिन नसकेको स्रोतले बतायो ।




.gif)





