काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न विशेष अदालतले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले दुवै जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि अनुसन्धान सुरु गरेको छ । यसअघि प्रहरीले ठगी तथा आपराधिक लाभ मुद्दामा अनुसन्धान गरिरहेको छ। सशस्त्र प्रहरीकै पत्रका आधारमा उनीहरू गत २० असारमा पक्राउ परेका थिए ।aसशस्त्र प्रहरीले आन्तरिक रूपमा छानबिन गरेको थियो। छानबिनमा इन्सपेक्टरकै योजनामा हिनामिना भएको निष्कर्ष निकालेको छ। यसमा विद्यालयका तत्कालीन कमान्डेन्टहरू दिगबिजय सुवेदी, भूपेन्द्र केसी तथा रामजंग पाण्डेको पनि चरम लापरबाही देखिएको छ ।




.gif)



