images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना...

ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए बचत फिर्ता

ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए बचत फिर्ता

images
images
आइतवार, श्रावण १० २०८३
आइतवार, श्रावण १० २०८३
  • काठमाडौँ ।समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाहरूका ४८ जना बचतकर्तालाई करिब १२ लाख रुपैयाँ बचत रकम फिर्ता गरेको छ। समितिका अनुसार नेपाल सरकारले तोकेको प्राथमिकताका आधारमा ७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिक, प्राणघातक रोगबाट पीडित प्रमाणित भएका व्यक्ति, एकल महिला, पूर्ण अपाङ्गता भएका नागरिक तथा पाँच लाख रुपैयाँसम्मको बचत भएका पीडित बचतकर्ताहरूलाई उक्त रकम उपलब्ध गराइएको हो।

    images
    images

    समितिले एकपटकमा बचत रकमको अधिकतम ५० प्रतिशतसम्म, तर ५० हजार रुपैयाँ ननाघ्ने गरी रकम फिर्ता गर्ने व्यवस्था गरेको जनाएको छ । समस्याग्रस्त सहकारीका बचतकर्तालाई राहत उपलब्ध गराउने उद्देश्यले उक्त व्यवस्था कार्यान्वयन गरिएको समितिले जनाएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend