images

२०८३ आश्विन १५ गते

images
images
images
  • बैंक वित्त
  • मुक्तिनाथ विकास बैंकले रेडक्रस सोसाइटी, लुम्बिनीलाई...

मुक्तिनाथ विकास बैंकले रेडक्रस सोसाइटी, लुम्बिनीलाई दियो ३ थान जैविक सूक्ष्मदर्शी

मुक्तिनाथ विकास बैंकले रेडक्रस सोसाइटी, लुम्बिनीलाई दियो ३ थान जैविक सूक्ष्मदर्शी

images
images
बुधवार, आषाढ ३१ २०८३
बुधवार, आषाढ ३१ २०८३
  • काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मुक्तिनाथ विकास बैंकले नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशलाई ३ थान जैविक सूक्ष्मदर्शी हस्तान्तरण गरेको छ।नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशद्वारा सुरक्षित तथा पर्याप्त रगत आपूर्ति सुनिश्चित गर्ने रक्त बैंक स्थापना परियोजनालाई सहयोग पुर्‍याउने उद्देश्यले प्रदान गरिएको उक्त उपकरणले रगतमा रहेका रातो रक्तकण, सेतो रक्तकण तथा प्लेटलेट्समा देखिने असामान्यताको पहिचान गर्न सहयोग पुर्‍याउनुका साथै रगतको उपयुक्तता परीक्षण, रगत संकलन, प्रशोधन, परीक्षण तथा भण्डारण प्रक्रियाको गुणस्तर नियन्त्रणलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

    images
    images

    यस सहयोगमार्फत मुक्तिनाथ विकास बैंकले सुरक्षित, गुणस्तरीय तथा भरपर्दो रक्तसञ्चार सेवाको सुदृढीकरण एवं जनस्वास्थ्य सेवाको प्रवद्र्धनमा योगदान पुर्‍याउने विश्वास लिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend