images

२०८३ आश्विन १५ गते

images
images
images
  • बैंक वित्त
  • कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई शैक्षिक...

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई शैक्षिक सहयोग

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई शैक्षिक सहयोग

images
images
बिहिवार, आषाढ २५ २०८३
बिहिवार, आषाढ २५ २०८३
  • काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत नवलपरासीको देवचुली नगरपालिका–१५ स्थित श्री जन ज्योति माध्यमिक विद्यालयलाई अभिभावक प्रतीक्षा स्थल निर्माणका साथै विभिन्न शैक्षिक सामग्री र उपकरण हस्तान्तरण गरेको छ।

    images
    images

    बैंकले विद्यालयमा अभिभावक, विद्यार्थी तथा सेवाग्राहीका लागि व्यवस्थित र सहज वातावरण सिर्जना गर्ने उद्देश्यले प्रतीक्षा स्थल निर्माणमा सहयोग गरेको हो। साथै विद्यालयलाई वाटर डिस्पेन्सर, सुझाव पेटिका, २० थान कुर्सी तथा आवश्यक सेतो पाटी (ह्वाइट बोर्ड) समेत प्रदान गरिएको बैंकले जनाएको छ।

    सहयोग सामग्री बैंकका नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले शिक्षक–अभिभावक संघका अध्यक्ष पदमराज भट्टराईलाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा बोल्दै भण्डारीले विद्यालयमा आउने अभिभावक, सेवाग्राही तथा समुदायका व्यक्तिहरूका लागि सम्मानजनक र सुविधायुक्त वातावरण निर्माणमा बैंकले सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

    images
    images

    शिक्षक–अभिभावक संघका अध्यक्ष भट्टराईले बैंकप्रति आभार व्यक्त गर्दै प्राप्त सहयोगले विद्यालयको सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, बैंकका कर्मचारी तथा स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो।

    कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend