images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • आज पनि घट्यो नेप्से, खुम्चियो कारोबार...

आज पनि घट्यो नेप्से, खुम्चियो कारोबार रकम

आज पनि घट्यो नेप्से, खुम्चियो कारोबार रकम

images
images
बिहिवार, आषाढ २५ २०८३
बिहिवार, आषाढ २५ २०८३
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार १९.६७ अंकले घटेर २६०१.९२ विन्दुमा बन्द भएको छ। बजारमा अधिकांश समूहको सूचक ओरालो लाग्दा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

    images
    images

    आजको कारोबारमा ४२ कम्पनीको शेयर मूल्य बढेको, २२९ कम्पनीको घटेको तथा ६ कम्पनीको मूल्य स्थिर रहेको छ। कुल ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिन बुधबार ४ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

    यी कम्पनीमा सर्वाधिक कारोबार

    images
    images

    बिहीबार कारोबार रकमका आधारमा डिबेन्चर, रिलायन्स स्पिनिङ मिल्स, एसियन लाइफ इन्स्योरेन्स (संस्थापक), आँखुखोला जलविद्युत्, सेन्ट्रल फाइनान्स र बेस्ट फाइनान्स अग्रस्थानमा रहेका छन्।

    सबै समूहको सूचक ओरालो

    बजारमा कारोबार भएका सबै समूहका सूचक घटेका छन्। बैंकिङ समूह ०.५० प्रतिशत, विकास बैंक १.११ प्रतिशत, फाइनान्स ०.६२ प्रतिशत, होटल तथा पर्यटन ०.७६ प्रतिशत, जलविद्युत् ०.७० प्रतिशत, लगानी ०.९५ प्रतिशत, जीवन बीमा ०.६१ प्रतिशत, उत्पादन तथा प्रशोधन १.१९ प्रतिशत, माइक्रोफाइनान्स ०.६९ प्रतिशत, निर्जीवन बीमा ०.६६ प्रतिशत, अन्य ०.१८ प्रतिशत तथा व्यापार समूह २.३६ प्रतिशतले घटेका छन्।

    यी कम्पनीका लगानीकर्ताले कमाए, यीले गुमाए

    बिहीबार उपकार लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी १२.६८ प्रतिशत प्रतिफल कमाए भने स्नो रिभर्सको शेयर मूल्य ११.७६ प्रतिशतले बढ्यो। त्यस्तै जनउत्थान लघुवित्त ३.०९ प्रतिशत र त्रिशूली जलविद्युत् २.७७ प्रतिशतले उकालो लागे।

    यता, सालापा विकास बैंकको शेयर मूल्य ८.२८ प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ७.९२ प्रतिशत तथा ओम मेगाश्री फार्मास्युटिकल्सको ५.७६ प्रतिशतले घट्दै सर्वाधिक गुमाउने कम्पनीको सूचीमा परेका छन्।

    लगातार दोस्रो दिन नेप्सेमा दोहोरो अंकको गिरावट आउँदा बजारमा बिक्री दबाब कायम रहेको देखिएको छ। अब आगामी कारोबारमा लगानीकर्ताको मनोविज्ञान, तरलताको अवस्था र नीतिगत संकेतले बजारको दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend