काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ। कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले बोनस शेयर समायोजन गरी नयाँ कारोबार मूल्य निर्धारण गरेको हो।
नेप्सेका अनुसार कम्पनीले प्रस्ताव गरेको ४.२८५७ प्रतिशत बोनस शेयर समायोजनपछि यूनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य ४४४ रुपैयाँ ८४ पैसा कायम भएको छ। समायोजन अघिल्लो कारोबार दिनको अन्तिम मूल्य ४६३ रुपैयाँ ९० पैसालाई आधार मानेर गरिएको हो।
यस समायोजित मूल्यकै आधारमा आज दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।
कम्पनीले असार ३१ गते बुधबार बिहान १०ः३० बजे काठमाडौंको आम्रपाली ब्याङ्क्वेट क्याटरिङ एन्ड इभेन्ट्स प्रालि, बालुवाटारमा आफ्नो ३२औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।
सभामा हालको २ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजीको ४.२८५७ प्रतिशत बोनस शेयर वितरण गर्ने तथा बोनस शेयरको कर प्रयोजनका लागि ०.२२५६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गरिनेछ।
यसका साथै आर्थिक वर्ष २०८१।८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने कार्यसूची पनि सभामा रहेको कम्पनीले जनाएको छ।




.gif)





