images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • नेप्से ८.७८ अंकले बढ्यो, कारोबार रकम...

नेप्से ८.७८ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब नाघ्यो

नेप्से ८.७८ अंकले बढ्यो, कारोबार रकम ४ अर्ब नाघ्यो

images
images
बिहिवार, आषाढ १८ २०८३
बिहिवार, आषाढ १८ २०८३
  • काठमाडौं । बिहीबारको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक वृद्धि भएर बन्द भएको छ। अघिल्लो कारोबार दिनको सकारात्मक लयलाई निरन्तरता दिँदै नेप्से ८.७८ अंकले बढेर २६६१.७१ विन्दुमा पुगेको हो।

    images
    images

    यस दिन सेन्सेटिभ इन्डेक्स ३.८९ अंक, फ्लोट इन्डेक्स ०.९९ अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स १.३९ अंकले वृद्धि भएका छन्।

    बजार वृद्धि हुनुमा बैंकिङ उपसमूहको प्रमुख योगदान रहेको छ। कारोबारमा सहभागी १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढ्दा ८ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ उपसमूहको परिसूचक सबैभन्दा धेरै २.०४ प्रतिशतले बढेको छ। यस्तै, वित्त, जीवन बीमा, लघुवित्त र म्युचुअल फन्ड उपसमूहमा पनि सामान्य सुधार देखिएको छ।

    images
    images

    नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। बुधबार ३ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार ३५९ वटा स्टकको ४३ हजार १३१ पटकको कारोबारबाट ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार रुपैयाँ बराबरका ८९ लाख ६४ हजार कित्ता शेयर किनबेच भएका छन्।

    यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावर, कालंगा हाइड्रो, स्नो रिभर्स र सानिगाड हाइड्रोको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

    यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १३.५ प्रतिशतभन्दा बढीले बढेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले उकालो लागेको छ। विपरीत रूपमा, १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५/८६ को मूल्य सबैभन्दा धेरै १०.६० प्रतिशतले घटेको छ।

    कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको ४१ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५/८६ को ४० करोड रुपैयाँभन्दा बढीको ऋणपत्र कारोबार भएको छ भने रिलायन्स स्पिनिङ मिल्सको कारोबार रकम २५ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend