images

२०८३ आश्विन १७ गते

images
images
images

प्रि–ओपन सेसनमा नेप्से ६.६५ अंकले बढ्यो

प्रि–ओपन सेसनमा नेप्से ६.६५ अंकले बढ्यो

images
images
बिहिवार, आषाढ १८ २०८३
बिहिवार, आषाढ १८ २०८३
  • काठमाडौं । बिहीबारको प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.६५ अंकले बढेर २६५९.५८ विन्दुमा पुगेको छ।

    images
    images

    अघिल्लो कारोबार दिन बुधबार नेप्से ४४.५९ अंकले बढ्दै २६५२.९३ विन्दुमा बन्द भएको थियो। त्यसको निरन्तरतास्वरूप बिहीबारको प्रि–ओपन सेसनमा पनि बजारले सकारात्मक सुरुआत गरेको हो।

    यस अवधिमा सेन्सेटिभ इन्डेक्स पनि १.३१ अंकले वृद्धि भएको छ।

    images
    images

    प्रि–ओपन सेसनमा ४८ वटा कम्पनीको ७८ पटक कारोबार हुँदा २३ लाख ९० हजार ६३७ रुपैयाँ बराबरको ५ हजार ८८ कित्ता शेयर किनबेच भएको छ।

    कारोबार भएका कम्पनीमध्ये २४ वटा कम्पनीको शेयर मूल्य बढेको, १९ वटा कम्पनीको घटेको तथा ५ वटा कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

    प्रि–ओपन सेसनको सकारात्मक संकेतसँगै नियमित कारोबारमा पनि लगानीकर्ताको ध्यान बजारको थप दिशातर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend