images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • तेह्रथुम पावरले नर्थ समिट हाइड्रोमा १...

तेह्रथुम पावरले नर्थ समिट हाइड्रोमा १ करोड रुपैयाँ लगानी गर्ने

तेह्रथुम पावरले नर्थ समिट हाइड्रोमा १ करोड रुपैयाँ लगानी गर्ने

images
images
बिहिवार, आषाढ १८ २०८३
बिहिवार, आषाढ १८ २०८३
  • काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले नर्थ समिट हाइड्रो लिमिटेडमा १ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ।

    images
    images

    कम्पनीको असार १७ गते बसेको सञ्चालक समिति बैठकले नर्थ समिट हाइड्रोको प्रतिकित्ता १०० रुपैयाँका दरले १ लाख कित्ता सेयर खरिद गर्ने निर्णय गरेको हो। यससँगै कम्पनीले नर्थ समिट हाइड्रोमा कुल १ करोड रुपैयाँ बराबरको इक्विटी लगानी गर्ने भएको छ।

    तेह्रथुम पावरका अनुसार कम्पनीको प्रबन्धपत्रको दफा ५ को उपदफा (क) र (ख) तथा आठौँ वार्षिक साधारण सभाबाट प्राप्त स्वीकृतिअनुसार बैंक खातामा रहेको लगानीयोग्य मौज्दात रकमबाट उक्त लगानी गर्न लागिएको हो।

    images
    images

    नर्थ समिट हाइड्रो लिमिटेड कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको कम्पनी हो। कम्पनीले विद्युत् विकास विभागबाट २०८१ मंसिर १० देखि २०९१ मंसिर २६ सम्मका लागि विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरेको छ।

    कम्पनीले लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकास्थित बाहुनडाँडा र भुलभुले क्षेत्रमा २१.४ मेगावाट क्षमताको यादी फिदी जलविद्युत आयोजना निर्माण गर्ने योजना अघि बढाइरहेको छ।

    तेह्रथुम पावरले आयोजनाको निर्माण प्रगति सन्तोषजनक रहेको, लागत व्यवस्थापन तुलनात्मक रूपमा प्रभावकारी देखिएको तथा परियोजनाको समग्र सम्भावना सकारात्मक रहेकाले नर्थ समिट हाइड्रोमा लगानी गर्ने निर्णय गरिएको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend