images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद...

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको शपथ

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको शपथ

images
images
सोमवार, आषाढ १५ २०८३
सोमवार, आषाढ १५ २०८३
  • काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा अध्यक्ष भट्टलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले औपचारिक रूपमा शपथ ग्रहण गराएका हुन् ।असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । शपथपछि अर्थमन्त्री वाग्लेले पुँजी बजारमा लगानीकर्ताको लगानी सुरक्षा र बजारप्रति विश्वास बढाउने गरी काम गर्न अध्यक्ष भट्टलाई निर्देशन दिए ।

    images
    images

    उनले कुनै पनि प्रकारका लोभ, प्रलोभन वा प्रभावबाट टाढा रहेर निष्पक्ष रूपमा काम गर्नुपर्नेमा जोड दिए । साथै, पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको गति समाउन पुँजी बजारलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।अर्थमन्त्री वाग्लेले पुँजी बजार सुधारका लागि छोटोदेखि दीर्घकालीन कार्ययोजना आवश्यक रहेको उल्लेख गर्दै दैनिक, साप्ताहिक, मासिक, छ महिनादेखि एक वर्षसम्मका स्पष्ट योजना प्रस्तुत गर्न निर्देशन दिए । बजारमा फैलिने अनावश्यक हल्लाले साना लगानीकर्तामा त्रास सिर्जना हुने भएकाले त्यसलाई नियन्त्रण गर्न पनि आग्रह गरे ।उनले,‘धेरै बोलेर होइन, काम गरेर प्रमाणित गर्नुपर्ने’ भन्दै परिणाममुखी कार्यसम्पादनमा जोड दिए । साथै, मन्त्रालयबाट हस्तक्षेप नहुने तर हरेक हप्ता बजारको प्रगति विवरण बुझ्न चाहने बताए । कार्यक्रममा नवनियुक्त अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीको विश्वासअनुसार पुँजी बजार सुधारमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाए । उनले लगानीकर्ताको हित, बजार विकास र आर्थिक वृद्धिको लक्ष्यलाई ध्यानमा राख्दै विगतका अध्ययन तथा सिफारिसहरू कार्यान्वयन गर्ने बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend