images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • ओम मेगाश्री फर्मास्युटिकल्सले बोलायो विशेष साधारण...

ओम मेगाश्री फर्मास्युटिकल्सले बोलायो विशेष साधारण सभा

ओम मेगाश्री फर्मास्युटिकल्सले बोलायो विशेष साधारण सभा

images
images
शुक्रवार, आषाढ १२ २०८३
शुक्रवार, आषाढ १२ २०८३
  • ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले आगामी असार २८ गतेका लागि विशेष साधारणसभा बोलाएको हो ।  सभामा कम्पनीले रोयल फर्मास्युटिकल्स प्रा.लि.लाई प्राप्ति गर्ने सम्बन्धी विविध प्रस्तावहरू पेश गरी छलफल गर्नेछ। यसअघि असार २ गते साँझ ६:१५ बजे बसेको सञ्चालक समितिको बैठकले रोयल फर्मास्युटिकल्स प्रा.लि.लाई प्राप्ति गर्ने निर्णय गरिसकेको छ।कम्पनीले यो विशेष साधारणसभा प्रयोजनका लागि असार २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असार २१ गतेसम्म कायम रहने शेयरधनीहरूले मात्र यो विशेष साधारणसभामा भाग लिन योग्य हुनेछन्।

    images
    images

    सभामा रोयल फर्मास्युटिकल्स प्रा.लि.लाई प्राप्ति गर्नेसम्बन्धी विविध प्रस्तावहरू पेश हुनेछन्। सभामा प्राप्ति प्रक्रियाका लागि सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै हालसम्म भएका काम-कारबाही, निर्णय, पत्राचार र नियामक निकायका कार्यहरू अनुमोदन गरिनेछ। यसैगरी,  Due Diligence Audit (DDA) तथा सम्पत्ति र दायित्व मूल्याङ्कन प्रतिवेदनका आधारमा तय गरिएको शेयर स्वाप अनुपातलाई स्वीकृत गरिनेछ। सभाले दुई कम्पनीबीचको अन्तिम समझदारीपत्र, प्राप्ति योजना र व्यावसायिक योजना स्वीकृत गर्दै स्वीकृत स्वाप अनुपात बमोजिम रोयल फर्मास्युटिकल्सका शेयरधनीहरूलाई ओम मेगाश्रीको शेयर जारी तथा बाँडफाँट गर्ने प्रस्ताव पारित गर्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend