images

२०८३ आश्विन १६ गते

images
images
images

झापामा साल्ट ट्रेडिङद्वारा मल वितरण

झापामा साल्ट ट्रेडिङद्वारा मल वितरण

images
images
बिहिवार, आषाढ ११ २०८३
बिहिवार, आषाढ ११ २०८३
  • झापा, ११ असार । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनीको झापा शाखाले जिल्लाका सहकारी र कृषि फार्महरूमार्फत किसानलाई रासायनिक मल बिक्री गरिरहेको जनाएको छ । 

    images
    images

    कर्पोरेसनको झापा शाखाका प्रमुख विष्णु न्यौपानेले चालु आर्थिक वर्ष २०८२।८३ मा कूल ७०८.५ मेट्रिक टन रासायनिक मल बिक्री वितरणका लागि ल्याइएको बताएका छन्। यसमा युरिया मल १७२.५० मेट्रिक टन, डिएपी मल २२६ मेट्रिक टन र पोटास मल ४१० मेट्रिक टन रहेको छ । 

    किसानलाई सहज रूपमा मल उपलब्ध गराउन जिल्लाका १५१ कृषि सहकारी तथा कृषि फार्म छनोट गरिएको र तिनै संस्थामार्फत किसानलाई धमाधम बिक्री वितरण गरिरहेको उनले बताएका छन्। 

    images
    images

    हालसम्मको विवरण अनुसार युरिया मल ४२ मेट्रिक टन, डीएपी मल ६२.३० मेट्रिक टन र पोटास मल ५.७५ मेट्रिक टन बिक्री भइसकेको उनको भनाइ छ । यसैबीच, साल्ट ट्रेडिङ कर्पोरेसन सँगै कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोड शाखाबाट पनि जिल्लाका १५ स्थानीय तहमा मल पठाइएको जनाइएको छ । 

    गौरादह नगरपालिका, बुद्धशान्ति गाउँपालिका र कचनकबल गाउँपालिकाका लागि कम्पनीले यसै साता ४६ मेट्रिक टन रासायनिक मल उपलब्ध गराएको जनाएको छ ।

    उक्त मल सहकारी र फार्ममार्फत किसानलाई बिक्री गरिन्छ । धान रोपाइँ सुरु भएसँगै किसानलाई मुख्य रूपमा युरिया, डिएपी र पोटास मल बढी आवश्यक पर्ने गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend