images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • लेखामान बोर्डको अध्यक्षमा वरिष्ठ सीए रमेश...

लेखामान बोर्डको अध्यक्षमा वरिष्ठ सीए रमेश धिताल नियुक्त

लेखामान बोर्डको अध्यक्षमा वरिष्ठ सीए रमेश धिताल नियुक्त

images
images
आइतवार, जेठ ३१ २०८३
आइतवार, जेठ ३१ २०८३
  • काठमाडौं । सरकारले नेपाल लेखामान बोर्ड (एकाउन्टिङ स्ट्यान्डर्ड बोर्ड–एएसबी) को अध्यक्ष पदमा सिन्धुपाल्चोकको चौतारा नगरपालिकाका वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट (सीए) रमेश कुमार धिताललाई नियुक्त गरेको छ ।मन्त्रिपरिषद्को बैठकले नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐन, २०५३ बमोजिम लेखाव्यवसाय र वित्तीय प्रतिवेदन प्रणालीलाई थप सुव्यवस्थित, पारदर्शी र नियमन गर्न धिताललाई यो जिम्मेवारी सुम्पेको हो ।

    images
    images

    अर्थ मन्त्रालय स्रोतका अनुसार नवनियुक्त अध्यक्ष धितालसँग लेखापरीक्षण, वित्तीय क्षेत्रको परामर्श, जोखिम व्यवस्थापन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा वित्तीय प्रतिवेदन मान (एनएफआरएस/आईएफआरएस) कार्यान्वयनको क्षेत्रमा २० वर्षभन्दा बढीको गहन अनुभव रहेको छ ।नेपालमा लेखामानको कार्यान्वयन, बैंक तथा वित्तीय संस्थामा एनएफआरएस एवं इसीएल कार्यान्वयनमा नेतृत्वदायी भूमिका खेल्दै उनले सूचना प्रविधि लेखापरीक्षणलाई समेत परिष्कृत एवं विशिष्टीकृत बनाउन उल्लेख्य योगदान दिएका छन् । धितालले आफ्नो व्यावसायिक यात्रा विश्वको प्रतिष्ठित ‘बिग ४’ मध्येको एक वित्तीय परामर्शदाता कम्पनी ‘अन्स्र्ट एण्ड यंग’, मुम्बईबाट सुरु गरेका थिए ।

    उनले नेपालका प्रतिष्ठित संस्थाहरू जस्तै नेपाल राष्ट्र बैंक, नेपाल विद्युत् प्राधिकरण, नेपाल एयरलाइन्स, बीमा प्राधिकरण लगायतका दर्जनौँ बैंकिङ, वित्तीय तथा बहुराष्ट्रिय कम्पनीहरूको लेखापरीक्षण तथा कन्सल्टी सेवाको नेतृत्व गरिसकेका छन् ।साथै, उनले एसियाली विकास बैंकका विभिन्न परियोजनाहरूमा समेत विभिन्न भूमिका र जिम्मेवारीमा कार्य गरिसकेका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट संघमा उपाध्यक्ष तथा महासचिवका रूपमा सफलतापूर्वक जिम्मेवारी पूरा गरिसकेका धितालले यसअघि लेखामान बोर्ड र लेखापरीक्षणमान बोर्ड (अडिटिङ स्ट्यान्डर्ड्स बोर्ड) मा सल्लाहकारका रूपमा समेत प्राविधिक योगदान दिइसकेका छन् ।नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको अनुशासन समिति लगायत विभिन्न समितिमा रहेर कार्य गरिसकेका धिताल हाल परीक्षा समिति सदस्यका रूपमा कार्यरत छन् । उनले संस्थाको विभिन्न तहका अध्ययन सामग्री तयारीमा अमुल्य योगदान दिनुका साथै विभिन्न विश्वविद्यालय तथा प्रशिक्षण केन्द्रहरूमा संकाय सदस्यका रूपमा समेत सेवा पुर्‍याउँदै आएका छन् ।

    images
    images

    शैक्षिक र व्यावसायिक योग्यताका हिसाबले धितालले नेपाल र भारत दुवै देशबाट चार्टर्ड एकाउन्टेन्सी (एफसीए) गरेका छन् । उनीसँग पूर्वाञ्चल विश्वविद्यालयबाट एमबीए, अमेरिकाको इसाकाबाट सिसा र बेलायतको एसीसीएबाट डिपआईएफआर जस्ता उच्च प्राविधिक योग्यताहरू रहेका छन् ।नेपालको वित्तीय प्रणालीलाई अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास (इन्टरनेशनल बेस्ट प्राक्टिसेज) सँग जोड्न र नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) लाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन धितालको प्राविधिक विशेषज्ञता र नेतृत्वले बोर्डलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ ।अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले धितालको विज्ञता र क्षमताको आधारमा उनी बोर्डको नेतृत्वका लागि पूर्ण योग्य देखिएकाले सरकारले नियुक्त गरेको बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend