images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • काठमाडौँ महानगरको आगामी आर्थिक वर्ष २०८३/८४...

काठमाडौँ महानगरको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौँ महानगरको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक

images
images
आइतवार, जेठ ३१ २०८३
आइतवार, जेठ ३१ २०८३
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। काठमाडौँको राष्ट्रिय सभागृहमा आइतबार आयोजित नगरसभाको १९ औँ अधिवेशनमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। 

    images
    images

    महानगरले आगामी आर्थिक वर्ष पनि ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ को नारालाई आत्मसाथ गर्दै आफ्ना भावी योजनाहरू अगाडि सारेको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक प्रमुख डंगोलले काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक र आधुनिक सहरी सभ्यतालाई मुख्य आधार बनाएर आगामी वर्षको योजना तर्जुमा गरिएको जानकारी दिइन्। 

    यस नीति तथा कार्यक्रमले परिवर्तित परिवेश र काठमाडौँवासीको उत्कृष्ट चाहनालाई सम्बोधन गर्ने लक्ष्य राखेको छ। समग्रमा मौलिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र सुशासनयुक्त महानगर निर्माण गर्ने कार्यमा यसले ठुलो सघाउ पुर्‍याउने विश्वास महानगरले लिएको छ। चालू आर्थिक वर्ष २०८२/८३ को १७ औँ अधिवेशनबाट स्वीकृत नीति, कार्यक्रम र बजेटको समीक्षा गर्दै अपूरा रहेका बहुवर्षीय कार्यक्रमहरूलाई आगामी वर्ष पनि निरन्तरता दिइएको छ।महानगरपालिकाले काठमाडौँलाई समावेशी, सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, स्वच्छ, स्वस्थ, हरित र नवप्रवर्तनमुखी स्मार्ट सहरको रूपमा रूपान्तरण गर्ने दीर्घकालीन सोच राखेको छ। यसका साथै आर्थिक समृद्धि, सामाजिक न्याय, सेवा प्रवाहको गुणस्तरमा अभिवृद्धि, संस्कृति तथा सम्पदाको संरक्षण र दिगो सहरी विकासलाई सुनिश्चित गर्ने उद्देश्यसहित क्षेत्रगत नीति तथा कार्यक्रमहरू प्रस्ताव गरिएका छन्। संघीय राजधानी काठमाडौँको अपेक्षित लक्ष्य हासिल गर्न यो नीति तथा कार्यक्रम सफल हुने अपेक्षा गरिएको छ। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend