images

२०८३ कार्तिक ६ गते

images
images
images

राष्ट्रियसभामा जनजीवनसँग जोडिएका मुद्दामाथि बहस

राष्ट्रियसभामा जनजीवनसँग जोडिएका मुद्दामाथि बहस

images
images
शुक्रवार, जेठ २९ २०८३
शुक्रवार, जेठ २९ २०८३
  • काठमाडौँ, २९ जेठ । राष्ट्रियसभाको बैठकको शून्य समयमा सांसदहरूले मिटरब्याजी पीडितले न्याय पाउनेदेखि जनताले पूरै ग्यास सिलिन्डर पाउनुपर्ने जनसरोकारका विषय उठाएका छन् ।

    images
    images

    सांसद पूजा चौधरीले मिटरब्याज सम्बन्धी सबै मुद्दा यथाशीघ्र सुनुवाइ हुनुपर्ने बताउनुभएको छ । उनले मिटरब्याज पीडितको न्यायका लागि गठन भएको छानबिन आयोग पूर्ण रूपमा कार्यान्वयन गरी दोषीमाथि कारवाही गर्न ध्यानार्कषण गराएका छन् । सांसद सावित्री मल्लले जनस्तरमा आधा सिलिन्डर ग्यासको वितरण कार्यले जनता मारमा परेको बताउँदै पूरै ग्यास सुविधा उपलब्ध गराउन माग गरेका छन् ।

    सांसद विष्णुबहादुर विश्वकर्माले कालीकोटमा भएको भीषण बर्साका कारण नष्ट भएको खेती, भत्किएको बाटोघोटो र सडक मर्मत गर्न आग्रह गरेका छन् । सांसद श्रीकृष्णप्रसाद अधिकारीले अर्थ विधेयकमा देखिएको कर दरको हेरफेर सुधारमा जोड दिएका छन् ।

    images
    images

    सांसद विष्णुकुमारी सापकोटाले प्रधानमन्त्रीले देशको सीमासम्बन्धी अभिव्यक्तिबारे आपत्ति जनाउँदै सरकारको सीमासम्बन्धी स्पष्ट धारणा उपलब्ध गराउनुपर्ने बताएका छन् ।

    बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले ‘राष्ट्रिय समावेशी आयोगको आव २०८१।८२’ को सातौँ वार्षिक प्रतिवेदन सभा समक्ष पेस गरेका छन् । रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend