images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ८१...

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ८१ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ८१ हजार राजस्व सङ्कलन

images
images
शुक्रवार, जेठ २९ २०८३
शुक्रवार, जेठ २९ २०८३
  • काठमाडौँ, २९ जेठ । बितेका २४ घण्टामा दुई हजार २२३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १८ लाख ८१ हजार  राजस्व दाखिला भएको छ ।

    images
    images

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १७७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११८ जनालाई कारबाही गरिएको हो । 

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ६१, निषेधित क्षेत्रमा हर्न बजाउने १५४, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने ९८, एकतर्फी सडकमा सवारी चलाउने १२० र अन्य सवारी नियम पालना नगरेका एक हजार २५१ जनालाई कारबाही गरिएको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend