images

२०८३ आश्विन १६ गते

images
images
images

सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार

सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार

images
images
मंगलवार, जेठ २६ २०८३
मंगलवार, जेठ २६ २०८३
  • कञ्चनपुर, २६ जेठ । पर्यावरणमैत्री पर्यटन प्रवद्र्धन तथा ग्रामीण समुदायको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित खयरकन्द्रा सामुदायिक घरबास (होमस्टे) मा सौर्य ऊर्जाबाट सञ्चालन हुने ब्याकअप प्रणाली जडान गरिएको छ । 

    images
    images

    विद्युत् आपूर्तिमा हुने अवरोधकाबीच पनि पर्यटकलाई निरन्तर सेवा उपलब्ध गराउन सहज भएको छ ।
     
    शुक्लाफाँटा नगरपालिका, ‘कनेक्ट’ परियोजनाको साझेदारी तथा हिमाली प्रकृतिको समन्वयमा आठ वटा होमस्टे घरमा सोलार ‘ब्याकअप’ प्रणाली जडान गरिएको हो । कनेक्ट परियोजनाका टिम लिडर मनोजप्रसाद ओझाका अनुसार आठवटै घरमा प्रणाली जडान गर्न रु सात लाख ५९ हजार ५२० खर्च भएको छ । प्रतिघर रु ९४ हजार ९४७ का दरले सोलार प्रणाली जडान गरिएको उनले बताएका छन् ।

    हिमाली प्रकृतिका प्राविधिक सुपरभाइजर पुरनसिंह ठगुन्नाले सौर्य ऊर्जाको प्रयोगले नवीकरणीय ऊर्जा प्रवद्र्धन, जीविकोपार्जनमा सुधार तथा होमस्टेको स्तरोन्नतिमा महत्वपूर्ण योगदान पुगेको बताएका छन् । “ग्रामीण पर्यटनलाई दिगो र वातावरणमैत्री बनाउन सौर्य ऊर्जाको प्रयोग प्रभावकारी माध्यम हो”, उनले भने ।

    images
    images

    होमस्टे सञ्चालक खुशीराम चौधरीले सोलार ब्याकअप प्रणाली जडान भएपछि बत्ती जाने समस्याबाट मुक्त भएको बताउनुभयो । “पहिले विद्युत् अवरुद्ध हुँदा पर्यटकलाई असहज हुन्थ्यो, अहिले होमस्टेमा बस्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई कोठामा बत्ती, पङ्खा, ‘मोबाइल चार्जिङ’ र अन्य आधारभूत सेवा निरन्तर उपलब्ध गराउनसक्ने भएका छौँ”, उनले भने । यसले पर्यटकको बसाइलाई थप सहज र आकर्षक बनाएको उनको अनुभव छ ।

    स्थानीय टिकुराम डगौराले ग्रामीण क्षेत्रमा विद्युत् आपूर्तिमा कहिलेकाहीँ आउने अवरोधले पर्यटन व्यवसाय प्रभावित हुने गरेको थियो । सौर्य प्रणाली जडानपछि होमस्टे ऊर्जाको वैकल्पिक स्रोतसँग जोडिएका छन् । जसले सेवा प्रवाहलाई भरपर्दो बनाएको छ ।

    सौर्य ऊर्जाको प्रयोगले विद्युत् खर्च घटाउने, कार्बन उत्सर्जन कम गर्ने तथा वातावरण संरक्षणमा योगदान पुर्‍याउने अनुगमनमा पुग्नुभएका शुक्लाफाँटा नगरपालिकाका नगरउपप्रमुख कल्पना पन्तले बताएका छन् । 

    “विशेषगरी प्रकृति र पर्यावरणमा आधारित होमस्टे तथा ग्रामीण पर्यटन क्षेत्रमा यस्ता प्रणालीले दिगो पर्यटनको अवधारणालाई बल पुर्‍याउने विश्वास गरेका छौँ”, उनले भने ।

    खयरकन्द्रा सामुदायिक होमस्टे शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रको संस्कृति, परम्परा र प्राकृतिक सौन्दर्यसँग परिचित गराउने गन्तव्यका रूपमा परिचित छ । 

    सौर्य ऊर्जामा आधारित पूर्वाधार विस्तारसँगै यहाँको पर्यटकीय सेवा र आकर्षण थप सुदृढ हुने अपेक्षा गरिएको छ । होमस्टेमा बस्नका लागि आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । पर्यटकलाई बस्ने सुविधा संगै रुचि अनुसारको थारु परिकार पस्कीने गरिन्छ । सांस्कृतिक नृत्य पनि देखाउने व्यवस्था होमस्टेमा रहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend