images

२०८३ आश्विन २६ गते

images
images
images
  • समाचार
  • यस पटक तिहारमा मालाको भाउ बढ्न...

यस पटक तिहारमा मालाको भाउ बढ्न सक्ने

यस पटक तिहारमा मालाको भाउ बढ्न सक्ने

images
images
शनिवार, कार्तिक १० २०८१
शनिवार, कार्तिक १० २०८१
  • काठमाडौं । गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण पुष्पखेतीमा समेत क्षति पुगेको छ । यसबाट सयपत्री फूलको मूल्य बढ्ने भएको छ ।

    images
    images

    फुल्न थालिसकेको फूल वर्षाकै कारण नोक्सान भएपछि तिहारमा भारतबाट १५ लाख माला आयात गर्ने तयारी रहेको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष दिलीप बादेले जानकारी दिए ।

    गत वर्ष ६५ देखि ७० सम्म एउटा मालालाई परेको भए पनि यस वर्ष प्रतिगोटा ८० देखि ८५ सम्म होलसेल मूल्य पर्ने उनले बताए । अविरल वर्षाले कारण करिब रु १५ करोडको फूल नोक्सान भएको थियो ।

    images
    images

    अध्यक्ष बादेका अनुसार बजार माग अनुरुपनै गत वर्षको तुलनामा यस वर्ष सात लाख बढी सयपत्री फूल मालाको माग छ । गत वर्षको तिहारमा ३३ लाख माला खपत भएको थियो । बजार मागको ६० प्रतिशत फूल काठमाडौं उपत्यकामा प्रयोग हुने गरेको छ ।

    यस वर्षको तिहारका लागि ४० लाख सयपत्री फूलमालाको बजार माग रहेको छ ।

    फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्षको तिहारमा बजार माग ४० लाख मालाको रहेको र स्वदेशी उत्पादन २५ लाख माला मात्र रहेकाले यस वर्षको तिहारमा १५ लाख सयपत्री माला भारतबाट आयात गर्न लागिएको हो ।

    बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशत सम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ ।

    विशेष गरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि तिहारमा प्रयोग हुने सयपत्री र प्रणय दिवसमा प्रयोग गरिने रातो गुलाब भने छिमेकी मुलुक भारतबाट ल्याउनुपर्ने बाध्यता अझै टरेको छैन ।

    नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ ।

    फूलको मागमा आएको वृद्धिसँगै काठमाडौं उपत्यकाको तीन जिल्ला सहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङ लगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएका छन् ।

    व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार १८४ व्यवसायीले पुष्पखेती गरेका छन् । रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend