images

२०८३ आश्विन १६ गते

images
images
images
  • उर्जा
  • ऊर्जा क्षेत्रको विकासका लागि इप्पानको विशेष...

ऊर्जा क्षेत्रको विकासका लागि इप्पानको विशेष छलफल आज बालुवाटारमा

ऊर्जा क्षेत्रको विकासका लागि इप्पानको विशेष छलफल आज बालुवाटारमा

images
images
बुधवार, जेठ २० २०८३
बुधवार, जेठ २० २०८३
  • स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले ‘ऊर्जा क्षेत्रको विकासका लागि अबको इप्पान’ विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम आज अपराह्न ४ बजे बालुवाटारस्थित सिल्भर वर्क पार्टी प्यालेसमा आयोजना गर्ने भएको छ।कार्यक्रममा इप्पानको संस्थागत सुदृढीकरण, नेतृत्व चयन प्रणाली, विधान संशोधन तथा ऊर्जा क्षेत्रको समग्र विकासका विषयमा गहन छलफल हुने जनाइएको छ। २१औँ वार्षिक साधारणसभाबाट गठन गरिएको विधान संशोधन तथा पुनर्लेखन समितिले तयार पारेको संशोधित विधान २३औँ वार्षिक साधारणसभाबाट पारित भएपछि त्यसको कार्यान्वयन तथा आगामी नेतृत्व चयन प्रक्रियाबारे सरोकारवालासँग सुझाव संकलन गरिने आयोजकले जनाएको छ। इप्पानको २४औँ वार्षिक साधारणसभाको प्रमुख एजेन्डा बनेको विधान संशोधनका विषयमा ऊर्जा उद्यमी, लगानीकर्ता तथा अन्य सरोकारवालाको धारणा संकलन गर्दै आगामी निर्वाचनको रणनीति तय गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइएको छ। साथै संस्थाभित्र देखिएका व्यवस्थापकीय चुनौती, नेतृत्व प्रणालीमा सुधार तथा ऊर्जा क्षेत्रको विकासका लागि आवश्यक नीतिगत विषयमा समेत छलफल गरिनेछ।

    images
    images

    हालको विधानअनुसार इप्पानको अध्यक्ष बन्न कार्यसमिति सदस्यबाट सुरु गरी पदाधिकारी हुँदै वरिष्ठ उपाध्यक्षसम्म पुग्न करिब ९ वर्षको यात्रा पूरा गर्नुपर्ने व्यवस्था छ। उक्त प्रावधानले नेतृत्वमा सीमित समूहको प्रभाव कायम राख्ने र नयाँ पुस्ताका व्यवसायी तथा सदस्यहरूको अवसर सीमित बनाएको भन्दै दुई तिहाइभन्दा बढी सदस्यको समर्थनमा विधान संशोधनको पहल अघि बढाइएको बताइएको छ ।कार्यक्रमको आयोजना विधान संशोधन तथा नेतृत्व प्रणालीमा परिवर्तनको पक्षमा रहेको समूहले गरेको हो। उक्त समूहमा वर्तमान कार्यसमितिका महासचिव बलराम खतिवडा, उपाध्यक्ष भरतबहादुर खत्री, उपमहासचिव प्रकाशचन्द्र दुलाल, सचिव भरत नेपाललगायत दुई दर्जनभन्दा बढी जलविद्युत् व्यवसायी सहभागी रहेका छन्। कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, पूर्वअध्यक्षहरू कृष्णप्रसाद आचार्य, शैलेन्द्र गुरागाईं, डा. सुवर्णदाश श्रेष्ठ, डा. सन्दीप शाहलगायतको उपस्थिति रहने जनाइएको छ।

    आयोजकका अनुसार कार्यक्रमले ऊर्जा क्षेत्रका सरोकारवालाबीच साझा धारणा निर्माण गर्दै इप्पानलाई थप संगठित, लोकतान्त्रिक, पारदर्शी र एकताबद्ध बनाउने दिशामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। साथै निजी क्षेत्रको भूमिका सुदृढ गर्ने तथा ऊर्जा क्षेत्रको दीर्घकालीन विकासका लागि साझा अवधारणा निर्माणमा समेत कार्यक्रम केन्द्रित रहनेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend