images

२०८३ आश्विन १६ गते

images
images
images
  • उर्जा
  • आयल निगम १६ अर्बभन्दा बढी सञ्चित...

आयल निगम १६ अर्बभन्दा बढी सञ्चित नाफामा

आयल निगम १६ अर्बभन्दा बढी सञ्चित नाफामा

images
images
बुधवार, जेठ १३ २०८३
बुधवार, जेठ १३ २०८३
  • काठमाडौं । नेपाल आयल निगम १६ अर्ब ८६ करोड रुपैयाँ सञ्चित नाफामा रहेको तथ्य सार्वजनिक भएको छ ।अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८३’ अनुसार आर्थिक वर्ष २०८१/८२ सम्म निगम उच्च सञ्चित नाफासहित सञ्चालनमा रहेको देखिएको हो।प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै निगमले १३ अर्ब ६४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । पछिल्ला वर्षहरूमा पेट्रोलियम पदार्थको मूल्य समायोजनमार्फत निगमले आफ्नो वित्तीय अवस्था बलियो बनाएको देखिएको छ।

    images
    images

    यद्यपि, मध्यपूर्वमा बढ्दो तनाव र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अस्थिरताका कारण संस्थागत घाटा कम गर्ने भन्दै निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढाउँदै आएको छ ।मूल्यवृद्धिप्रति सर्वसाधारणबाट आलोचना भइरहेका बेला निगम भने अझै पनि उल्लेख्य सञ्चित नाफामा रहेको विवरण सार्वजनिक भएको हो।निगमसँग सञ्चित नाफाबाहेक मूल्य स्थिरीकरण कोषमा २० अर्ब रुपैयाँभन्दा बढी रकम मौज्दात रहेको उल्लेख गरिएको छ । निगमले उक्त कोषमा रहेको रकममध्ये करिब आधा हिस्सा अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा तत्काल मूल्य वृद्धि नगर्न प्रयोग गरिएको दाबी गर्दै आएको छ।यसका अतिरिक्त बोनस कोष, कर्मचारी आवास निर्माणलगायत शीर्षकमा पनि विभिन्न बैंकमा निगमको उल्लेख्य नगद मौज्दात रहेको जनाइएको छ ।

    पेट्रोलियम पदार्थको मूल्य समायोजन, अन्तर्राष्ट्रिय बजारको अवस्था र आन्तरिक वित्तीय व्यवस्थापनका कारण निगमको नाफा निरन्तर कायम रहने संकेत देखिएको प्रतिवेदनमा उल्लेख छ।चालु आर्थिक वर्षको फागुनदेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अत्यधिक बृद्धि भएकाले पछिल्लो समयमा निगम घाटामा गइरहेको निगमको भनाई छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend