images

२०८३ आश्विन १६ गते

images
images
images
  • शिक्षा
  • काठमाडौँ महानगरले कक्षा ११–१२ छात्रवृत्तिका लागि...

काठमाडौँ महानगरले कक्षा ११–१२ छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलायो

काठमाडौँ महानगरले कक्षा ११–१२ छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलायो

images
images
बुधवार, बैशाख ३० २०८३
बुधवार, बैशाख ३० २०८३
  • काठमाडौं । काठमाडौँ महानगरपालिका ले संस्थागत (निजी) विद्यालयमा कक्षा ११ र १२ अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि छात्रवृत्तिको अनलाइन आवेदन खुला गरेको छ । महानगरपालिकाको शिक्षा विभागले बुधबार सूचना जारी गर्दै परीक्षा प्रणालीमार्फत योग्य विद्यार्थी छनोट गरी छात्रवृत्ति प्रदान गरिने जनाएको हो ।

    images
    images

    विभागका अनुसार इच्छुक विद्यार्थीले जेठ १ गते बिहान १० बजेदेखि जेठ १० गते राति ११:५९ बजेसम्म अनलाइन फाराम भर्न सक्नेछन् । विद्यार्थीहरूले महानगरपालिकाको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । विषयगत अङ्कभार, विद्यालयगत छात्रवृत्ति कोटा, परीक्षा केन्द्रलगायत विस्तृत विवरण वेबसाइटमा उपलब्ध गराइएको महानगरले जनाएको छ ।छात्रवृत्ति छनोटका लागि जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षामा माध्यमिक तह  (कक्षा १०) को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिने जनाइएको छ ।

    महानगरपालिकाले शिक्षा ऐन तथा कानुनको कडाइका साथ कार्यान्वयन गरेसँगै छात्रवृत्ति पाउने विद्यार्थीको सङ्ख्या हरेक वर्ष उल्लेख्य रूपमा बढ्दै गएको जनाएको छ । महानगरका अनुसार गत शैक्षिक सत्र २०८२ मा मात्रै संस्थागत विद्यालयका २० हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएका थिए । कानुन कार्यान्वयनको पहिलो वर्ष १३ हजार र दोस्रो वर्ष १९ हजार विद्यार्थी लाभान्वित भएका थिए भने गत वर्ष कक्षा १ देखि १० सम्मका १६ हजार ९८० र कक्षा ११ का ३ हजार ३०२ गरी कुल २० हजार २८२ विद्यार्थीले छात्रवृत्ति सुविधा प्राप्त गरेका थिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend