दार्चुला । दुम्लिङ गाउँ मा पहिलोपटक सवारीसाधन पुगेपछि स्थानीयवासी उत्साहित भएका छन्।
नेपाली सेना ले निर्माण गरिरहेको तुसारपानी–तिङ्कर सडकअन्तर्गत १२ किलोमिटर सडक सञ्चालनमा आएपछि यातायात सेवा सुरु भएको हो। सडक विस्तारसँगै दैनिक उपभोग्य सामग्री ढुवानी, स्वास्थ्य सेवा र शिक्षामा सहजता आउने अपेक्षा गरिएको छ।
साथै तिङ्कर नाका जोड्ने लक्ष्यसहित बाँकी सडक निर्माण कार्य पनि तीव्र रूपमा अघि बढाइएको सेनाले जनाएको छ।




.gif)





