काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आफ्ना अभिकर्ताहरूका लागि आयोजना गरेको ‘नारायणी क्रुज सफारी’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
चितवनको सौराहस्थित होटल सेभेन स्टार मा सम्पन्न उक्त २ रात ३ दिनको मनोरञ्जनात्मक कार्यक्रममा देशभरबाट उत्कृष्ट व्यवसाय प्रदर्शन गरी छनोट भएका ३५४ जना वरिष्ठ अभिकर्ताहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ।
‘संस्कृति, सौहार्द र सयरको संगम’ भन्ने नारासहित २०८२ साल फागुन र चैत महिनामा सञ्चालन गरिएको मासिक योजना अन्तर्गत लक्ष्य हासिल गर्ने अभिकर्ताहरूलाई यस प्रकारको उच्चस्तरीय भ्रमण अवसर प्रदान गरिएको हो। कार्यक्रममा कम्पनीका एजेन्सी विभाग प्रमुख तथा विभिन्न शाखा कार्यालयका प्रमुखहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा मनोरञ्जनलाई विशेष प्राथमिकता दिइएको थियो। इन्द्रेणी ग्रुप का सञ्चालक तथा चर्चित कलाकारहरूले लोक दोहोरी गीत तथा नृत्य प्रस्तुत गरी सहभागीहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।
नेपालकै एकमात्र क्रुज यात्राको अनुभव गर्न पाउँदा सहभागी अभिकर्ताहरूले खुशी व्यक्त गर्दै यस्ता कार्यक्रमले मनोरञ्जनसँगै पेशागत विकासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।




.gif)





