images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • भिभोद्धारा ५० एमपी जाइस सुपर टेलिफोटो...

भिभोद्धारा ५० एमपी जाइस सुपर टेलिफोटो क्यामेरासहित भी७० सार्वजनिक

भिभोद्धारा ५० एमपी जाइस सुपर टेलिफोटो क्यामेरासहित भी७० सार्वजनिक

images
images
बिहिवार, चैत्र २६ २०८२
बिहिवार, चैत्र २६ २०८२
  • काठमाडौं, चैत २४, २०८२ —भिभोले आफ्नो लोकप्रिय भी सिरिज अन्तर्गत नयाँ स्मार्टफोन भी७० सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो स्मार्टफोन विशेष रूपमा उच्च गुणस्तरको पोट्र्रेट फोटोग्राफी र टाढाबाट स्पष्ट तस्बिर खिच्न सकिने गरी डिजाइन गरिएको छ ।नयाँ भी७० मा ५० मेगापिक्सेल जाइस सुपर टेलिफोटो क्यामेरा समावेश गरिएको छ, जसले टाढाबाट पनि स्पष्ट र उच्च गुणस्तरका तस्बिर खिच्न मद्दत गर्छ । लाइट कम हुँदा पनि राम्रो फोटो खिच्ने यस क्यामेराले प्रयोगकर्ताहरुले महत्वपूर्ण क्षणहरू कैद गर्न सक्ने कम्पनीको दाबी छ । स्टेज कार्यक्रम वा पोट्र्रेट फोटो खिच्दा पनि यसले उत्कृष्ट विवरण र स्पष्टता प्रदान गर्ने जनाइएको छ ।

    images
    images

    यसैगरी, भी सिरिज अन्तर्गतको भी७० मा पहिलो पटक ४के ६० फ्रेम प्रति सेकेन्ड भिडियो रेकर्डिङ सुविधा उपलब्ध गराइएको छ । एआई स्टेज मोडको सहयोगले १ गुणादेखि १० गुणा र २० गुणासम्म जूम गरेर पनि स्पष्ट दृश्य कैद गर्न सकिन्छ । यसले विशेष गरी कन्सर्ट तथा स्टेज कार्यक्रमहरूमा टाढाबाट खिचिएका तस्बिरमा अनुहारको स्पष्टता र साना विवरणहरू सुरक्षित राख्न मद्दत गर्ने बताइएको छ । साथै, जाइस मल्टिफोकल पोट्र्रेट र जाइस स्टाइल बोकेह जस्ता फिचरहरूले पोट्र्रेट फोटोग्राफीलाई अझ आकर्षक बनाउनेछन् ।डिजाइनतर्फ, भी७० मा एयरोस्पेस–ग्रेड ६–सिरिज एल्युमिनियम एलोय फ्रेम प्रयोग गरिएको छ, जसले उपकरणलाई मजबुत र टिकाउ बनाउनुका साथै जंग ९अयचचष्यकष्यल० प्रतिरोधी क्षमता पनि प्रदान गर्छ । फ्ल्याट डिस्प्ले विथ राउन्डेड कर्नर्स डिजाइनले आधुनिक र प्रयोगमैत्री अनुभव दिने कम्पनीको भनाइ छ । फ्ल्यागशिप मेटालिक क्यामेरा मोड्युलले यसको प्रिमियम लुकलाई अझ निखार दिएको छ । यो स्मार्टफोन ड्युन ग्रे र स्यान्डलवुड ब्राउन रंगमा उपलब्ध हुनेछ ।

    प्रदर्शनका हिसाबले, भी७० मा १.५के अल्ट्रा क्लियर ओएलईडी डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट राखिएको छ, जसले स्मूद र स्पष्ट दृश्य अनुभव प्रदान गर्छ । ६५०० एमएएच् क्षमताको ब्लुभोल्ट ब्याट्री र ९० वाट फ्ल्यासचार्ज प्रविधिले लामो समयसम्म प्रयोग गर्न सकिने र छिटो चार्ज हुनेछ । साथै, आईपी६८ र आईपी६९ स्तरको धुलो तथा पानी प्रतिरोधी क्षमताले दैनिक प्रयोगमा थप सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार भी७० देशभर बिक्रीका लागि उपलब्ध भइसकेको छ । यसको १२ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ८३,९९९ तोकिएको छ भने १२ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य रु. ९४,९९९ रहेको छ । यो स्मार्टफोन भिभोका आधिकारिक विक्रेताहरू तथा दराज अनलाइनमार्फत खरिद गर्न सकिनेछ ।भिभोे भी७० लाई थप आकर्षक बनाउन भिभोले विशेष अफरहरू पनि ल्याएको छ । पहिलो १,२०० ग्राहकले भिभो बड्स एयर ३ निःशुल्क प्राप्त गर्नेछन् । त्यसैगरी, पहिलो २,००० ग्राहकले ६ महिनासम्म मान्य हुने एकपटकको स्क्रिन रिप्लेसमेन्ट र एकपटकको वाटर ड्यामेज प्रोटेक्सन सुविधा प्राप्त गर्नेछन् । साथै, ४ जना भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरूप ईभी स्कुटर जित्ने अवसर पनि पाउनेछन् ।ग्राहकहरूले भी७० लाई १२ महिनाको शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधामा पनि खरिद गर्न सक्नेछन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend